उक्त जनआन्दोलन आसन्न संविधानसभाको निर्वाचनका पक्षमा आवश्यक वातावरण र पूर्वाधार निर्माण गर्ने गम्भीर पहलका रूपमा अघि बढाउनुपर्ने निर्णय पनि नेकपा -माओवादी)ले गरेको छ। संविधानसभाको चुनावलाई सुनिश्चित गर्न नेकपा -माओवादी)ले जनआन्दोलनको मुख्य नारा "गोलमेच सम्मेलन, गणतन्त्र र संविधानसभा" बनाएको छ। माओवादी विस्तारित बैठकका निर्णयहरू सार्वजनिक भएपछि यथास्थितिवादी र प्रतिगामीहरू तिल्मिलाएका छन्।









